Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


कांग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छ : अध्यक्ष ओली


0
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।

डेढ वर्ष प्रधानमन्त्रीको प्रश्ताव गरेको कांग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको ओलीको आरोप थियो ।

शुक्रबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानविन समितिको माग गरेर कांग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको दाबी गर्नुभयो । पहिला प्रधानमन्त्रीको प्रश्ताव गरेको कांग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुुद्र राजनीति गरेको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले कसैले उजुरी हालेको भरमा छानविन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि राख्नुभयो ।