Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


पूर्वन्यायाधीश गिरी कारागार चलान


2.3k
Shares

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको हो ।

२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले गिरीलाई थुनामा राख्न दिएको आदेशपछि जिल्ला अदालतमा हाजिर भएका गिरी डिल्लीबजार कारागार चलान भएका हुन् ।

पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरपछी २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशमा रिहा भएका थिए भने कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।