
कृष्ण समीप
काठमाडौं । जो कोहीलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य हो । अचेल त्यही स्वास्थ्यमा सामान्य गडबडी आयर अस्पताल जाँदा पनि निकै झन्झटिलो र महँगो साबित हुने गर्छ । विधि, प्रक्रिया र पैसाका कारण पनि समस्या थपिने गरेको छ । हाम्रो शरीरमा रोग पनि छ र निधान पनि छ भन्ने हाम्रो पौराणिक मान्यता निकै अर्थपूर्ण छ । त्यसो भन्नूको कारण र एक महत्त्वपूर्ण विकल्प हो योग साधना र योसंगै जुम्बा तथा शारीरिक अभ्यास ।
योग साधनाका प्रणेता भगवान श्री शिवलाई मानिन्छ । शिवमार्फत माता पार्वती हुँदै ऋषि महर्षी, कुमार कार्तिकेय संगसंगै योगको विकास भयको पाउँछौ भने भगवान श्रीकृष्ण को योग चर्चा विशेष छदैछ । योगले तन, मन र मस्तिष्कलाई ताजा र स्फुर्ती राख्नुका साथै निरोगी बनाउन मद्दत गर्दछ । आजको दिनमा योग साधना संसारै भरी झन झन प्रसिद्ध बन्दै गयको छ । यूरोप र अमेरिकामा पनि नियमित योग गर्न थालेका छन् ।
योग संग उस्तै मिल्न जाने छिटो र छरितो विधि हो जुम्बा । जुम्बामा आफ्नै किसिमले नाच्न सकिने, पसिना झारेर स्वतन्त्रतापूर्वक अभ्यास गर्न सकिने हुनाले जिउमा स्फुर्ती संगै निरोगी बनाउन मद्दत पुग्ने भयकोले पनि एकदम सरल विधि जुम्बा सबैको रोजाई बन्दै गयको छ ।
कोरोनाको माहामारीपछि मातृशक्ति योग जुम्बा समूहले बालाजु बाइसधारा पार्कमा हरेक दिन बिहान योग तथा जुम्बा अभ्यास गर्दै आयको छ । कल्पना पौडेलको संयोजकत्त्वमा उक्त अभ्यास कार्यक्रममा २५० भन्दा धेरैको उपस्थिति रहने गरेको छ । २० देखि ७३ वर्ष उमेर समूहका व्यक्तिहरुले अभ्यास गर्न आयको र यो क्रम निरन्तर बढिरहेको संयोजक कल्पना पौडेल बताउनुहुन्छ ।
बालाजु पार्क व्यवस्थापन समितिले निःशुल्क रुपमा ठाँउ उपलब्ध गरायको छ । निःशुल्क रुपमा सबैले अभ्यास गर्न पाउनुहुन्छ । साथै वातावरण सफाईमा पनि ध्यान दिँदै हरेक महिनाको १ गते सरसफाई कार्यक्रम पनि सञ्चालन गर्दै आयको संयोजक बताउनुहुन्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो त्यसैले बरु दाना/पानी छुटोस, तर योगाभ्यास कहिलै नछुटोस भन्नुहुन्छ प्रशिक्षक एवं मातृशक्ति योग जुम्बा संयोजक कल्पना पौडेल बताउनुहुन्छ ।
यतिसम्म भेटियो कि लामो समयसम्म रोग ले थलायका व्यक्तिहरु जुम्बा मा आयपछि आफू एकदम स्वस्थ बन्दै गइरहेको बताउँछन् ।
मातृशक्ति समूहले परिआउँदा मानविय रुपमा सहयोग र राहतमार्फत समाजसेवा पनि गर्दै आयको छ भने मर्दा होस वा पर्दा जस्तो सुकै अवस्थामा पनि मातृशक्ति तयार रहेको सहभागी हरुले बताउँछन् ।
बिगत तीन वर्षदेखि निरन्तर रुपमा अभ्यास हुँदै आयको र समाजका विभिन्न तह र तप्काका व्यक्तिहरुको समेत उल्लेख्य सहभागीता रहँदै आयको छ ।











प्रतिक्रिया दिनुहोस्