Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सरकारले तत्काल राष्ट्रिय स्वास्थ्य नीति पुनरावलोकन गर्नुपर्छ : सांसद साह


65
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)की राष्ट्रिय सभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गर्नुभएको छ ।

रोग लाग्नै नदिने कुरामा जोड दिनेगरी सरकारले सो नीति पुरावलोकन गर्नुपर्ने सांसद साहको तर्क थियो । शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद साहले हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकले नागरिकलाई रोग लाग्नै नदिने गरी स्वास्थ्य नीति लिन आवश्यक रहेको बताउनुभयो ।

नागरिकलाई रोग लाग्न नदिन सरकारले स्वास्थ्य शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई थियो । सांसद साहले रोगको छिटो पहिचान र निदानका लागि आवश्यक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनको काममा पनि सरकारले ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।

सांसद साहले स्वच्छ खानेपानी लगायतको उचित व्यवस्था गरेर पनि सरकारले नागरिकलाई स्वस्थ्य राख्ने काम गर्नुपर्ने बताउनुभयो ।