Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ


598
Shares

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

फागुन २० गते आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदहरुको बिदाइ गरिएको थियो । यसैगरि नयाँ सांसदहरुलाई स्वागत गरिएको थियो ।

राष्ट्रिय सभामा रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गते निर्वाचित भएका हुन् भने अब एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने छन् ।

आज शपथ लिएका नवनिर्वाचित सदस्यहरुमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा रहेका छन् ।

Skip This