
काठमाडौं । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सकिएको भएको छ ।
काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी सुरु भएको प्रदर्शनी बुधबार सम्पन्न भएको हो ।
आयोजककाअनुसार प्रदर्शनीमा विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश रहेका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । उहाँकाअनुसार शुरुमा ४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा पाँच दिने लाइभ पेन्टिङ भएको बताउनुभयो ।
सो प्रदर्शनीपछि अन्य देशका चित्रकारहरुसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारहरुले कोर्नुभएका चित्रहरु प्रदर्शनमा राखेको बताउनुभयो । चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउनुभयो । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्ने र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखेको बताउनुभयो ।
प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थलहरुलाई चित्रमा उतारिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्