६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024


भक्तराज आचार्यको निधन


2.275k
Shares

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल घटेपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

केहि महिना अघि लडेर आचार्यको टाउकोमा चोट लागेको थियो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । त्यसपछि राष्ट्रिय सम्मानका साथ उहाँको अन्तिम संस्कार गरिने छ । उहाँका पत्नी तथा गायक पुत्रद्वय सत्यराज र स्वरुपराज आचार्य हुनुहुन्छ ।