
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताउनुभएको हो ।
मन्त्री राईले अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताउनुभयो । उहाँले सरकारमा बसेका मन्त्रीहरुको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताउनुभयो ।
मन्त्री राईले निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिष्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गर्नुभयो । उहाँले मुलुक २५ जना मन्त्री र ५/७ वटा राजनीतिक दलहरुले मात्रै बनाएर नबन्ने भन्दै तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री राईले सबैको सेच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्