
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिनुभएको छ ।
सोमवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बिष्टले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाउनुभएको हो ।
बिष्टले आफूले छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा गरेकोप्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक् काम गर्नेलाई न्यायपरिषद्ले कारवाही गर्नुपर्ने माग गर्नुभयो । अपराधीलाई दण्ड दिनुपर्ने भन्दै उहाँले सरुवाको सट्टा कारबाही गर्न माग गर्नुभयो । उहाँले सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताउनु भयो ।
सांसद बिष्टले चाहेको जस्तो सुशासन गठबन्धन सरकारका कारण सम्भव हुन नसकेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्