Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


रास्वपाको दबाब यात्राका लागि आयोजना पहिचान


117
Shares

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका २७ वटा अलपत्र आयोजनाको पैदल यात्रा गर्ने भएको छ ।

समयमै निर्माण पूरा गर्न दबाब दिने उद्देश्यले ती रुग्ण आयोजनामा पैदल यात्रा गर्न लागिएको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।

रास्वपा केन्द्रीय कमिटी बैठकले रुग्ण आयोजनाको पहिचान गरी दबाब यात्रा गर्ने निष्कर्ष निकालेको हो । रास्वापले लामो समयदेखि निर्माणसधिन र सुस्त आयोजनामा दबाब बढाउन लागेको हो ।

दबाब यात्राका लागि रास्वपाले पहिचान गरेका आयोजनाहरुमा काठमाडौंको धरहरादेखि मेलम्ची खानोपानी आयोजनासम्म रहेका छन् । यस्तै गल्छी–त्रिशुली– मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक, भेडेटार रबि राँके सडक, कमला पुल, जनकपुर परिक्रमा सडक, कालिगण्डकी करिडर, मध्यपहाडी लोकमार्ग, घोराही तुलसीपुर सडक, काठमाडौंको तिनकुनेस्थित बागमती पुल, ग्वार्को फ्लाइओभर, धनगढी–दिपायल फास्ट ट्रयाक, काठमाडौं– मधेस द्रुतमार्ग, नागढुंगा–मुग्लिन सडक स्तरोन्नति, भेरी बबई डाइभर्जन, सिद्धबाबा सुरुङ मार्ग, भैरहवा र पोखरा विमानस्थललगायत रहेका छन् ।