२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


ललितपुर महानगरभित्र थप १४ सय स्मार्ट लाइट जडान


1.924k
Shares

काठमाडौं । ललितपुर महानगरपालिका क्षेत्रभित्र दोश्रो चरणका जडान गरिएको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको छ ।

बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

ललितपुरको भैसेपाटी सडकखण्ड पश्चिममा खोकना पूर्वमा हरिसिद्धिसम्म स्मार्ट सिटी अवधारणा अनुरुप ललितपुर महानगरपालिकाले १४ सय वटा स्मार्ट स्ट्रीट लाइट बिहीबारदेखि सञ्चालनमा ल्याएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो उत्कृष्ट कार्य भएको र यस्तो कार्यमा प्राधिकरण सहयोग गर्न तयार भएको बताउनुभयो ।

यसअघि ललितपुर महानगरपालिकाले ललितपुरका विभिन्न स्थानमा ६ सय ६९ वटा स्मार्ट लाइट जडान गरि सकेको छ ।