प्यूठान । प्यूठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ ।
आइतबार जुम्रीमा पत्रकार सम्मेलन गरी २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिईएको हो ।
मंसिर ९ र १० गते खलंगामा सम्मेलन गर्न लागिएको आयोजक नेपाल बाल साहित्य समाज काठमाडौंले बताएको छ । जिल्लाको साहित्य क्षेत्रको विकास र कला संस्कृतिको प्रस्फुटन गर्ने मुख्य उद्देश्यले साहित्य सम्मेलन गर्न लागिएको बताइएको छ ।
सम्मेलनमा कथा लेखन, हस्तलेखन, निबन्ध, कविता, चित्रकला, नृत्य, अभिनय प्रतियोगिता हुने र प्रभातफेरी, कार्यपत्र प्रस्तुति, पुस्तक बिमोचन, पुस्तक प्रर्दशनीलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्