Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सशस्त्र प्रहरीको विपद व्यवस्थापन क्षमतालाई ‘तत्काल परिचालन’ को रणनीतिमा लैजाने आईजीपी अर्यालकाे घोषणा

देशैभरी ५९ वटा अस्थायी विपद व्यवस्थापन बेसहरू सञ्चालनमा ल्याउने तयारी

481
Shares

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई अब केवल ‘तयारी’ मा मात्र सिमित नराखी ‘तत्काल परिचालन’ को रणनीतिमा लैजाने घोषणा गर्नुभएको छ ।

चितवनकाे कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले जोखिमयुक्त कार्यमा खटिने सशस्त्र प्रहरीका लागि सरकार र सङ्गठनले कल्याणकारी योजनाहरू थप गरेको जानकारी दगराउनुभयाे । आईजीपी अर्यालले गोताखोर र जोखिमयुक्त ड्युटीमा खटिने कर्मचारीको बीमा सुविधा वृद्धि गरिएको बताउनुभयो । उहाँले नेपाल सरकारको १० लाख र नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा थप २५ लाख गरी अब कुनै दुर्घटना भएमा पीडित परिवारले ३७ लाख रुपैयाँसम्म पाउने व्यवस्था सुनिश्चित गरिएको समेत बताउनुभएकाे छ ।

आईजीपी अर्यालले विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जल तथा मौसम विज्ञान विभागसँग सहकार्य भइरहेको र देशैभर ५९ वटा अस्थायी विपद् व्यवस्थापन बेसहरू सञ्चालनमा ल्याउन लागिएको बताउनुभयाे । त्यस्तै, प्रत्येक वडाबाट २५ जनाका दरले १ लाख ६७ हजार ‘विपद् सूचक’हरूको दर्ता गरिएको र स्थानीय तहसँगको सहकार्यमा १८ दिने ‘डिजास्टर भोलेन्टियर’ तालिम सञ्चालन गरी समुदाय स्तरमै नागरिकलाई ‘फस्र्ट रेस्पोन्डर’ बनाउने अभियान शुरु गरिएको उहाँले बताउनुभएकाे छ ।