११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


बाल साहित्य रत्न शान्तदास मानन्धरको निधन


910
Shares

काठमाडौं । बाल साहित्यरत्न शान्तदास मानन्धरको निधन भएको छ ।

हर्निया रोगबाट पीडित ९० वर्षिय वरिष्ठ बाल साहित्यकार मानन्धरको उपचारका क्रममा आज निधन भएको हो ।

जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा क्रियाशिल मानन्धर बालसाहित्यका प्रवर्धक, प्रकाशक, अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत हुनुहुन्थ्यो ।

सात दशकदेखि अनवरत बाल साहित्यमा लाग्नु भएका उहाँ बालपोष, बालकोसेली र मचाक्यब लगायतका बालपत्रिकाको प्रकाशक र सम्पादक समेत हुनुहुन्थ्यो । उहाँ पहिलो पारिजात बाल साहित्य सम्मान, जगदम्बाश्री सम्मान लगायत थुप्रै सम्मानहरूबाट समेत सम्मानित हुनुहुन्थ्यो ।