२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024


तिहारमा पनि सर्वोच्च अदालत खुल्ने


0
Shares

काठमाडौं । तिहारको बिदामा सर्वोच्च अदालत खुला रहने भएको छ ।

बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो ।

सर्वोच्च अदालतले आजदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकेको छ ।

सर्वोच्च अदालतका अनुसार आज न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते मंगलवार न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहने भएको छ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ । बन्दी प्रत्यक्षीकरण लगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरु बिहान १० बजे नै अदालतमा उपस्थित हुने जनाइएको छ ।