Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


भूकम्प प्रभावित क्षेत्रमा फेरि राज्य व्यवस्था समितिको अवलोकन


65
Shares

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा गएको छ ।

समितिको टोलीले भूकम्प प्राभावित क्षेत्रमा भइरहेको राहत वितरण तथा व्यवस्थापनको बारेमा अनुगमन गरेको हो । समितिका सभापति खतिवडाले राहत वितरणलाई शीघ्र व्यवस्थित गर्न निर्देशन दिइएको बताउनुभयो ।

भूकम्पबाट अहिलेसम्म करिब १६ हजार घरहरु पूर्ण क्षति भएको र करिब २ अर्ब ५५ करोड बराबरको धनमालको क्षति भएको अवलोकन भ्रमण पछि खतिवडाले जानकारी दिनुभयो । सांसदहरूले बुधबार बिहान सुर्खेतमै रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेका थिए ।

सो क्रममा राहात वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेको र अस्पतालहरुमा ९९ जना घाइतेको उपचार भईरहेको पाइएको खतिवडाले बताउनुभयो ।

टोलीमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी सांसद हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङलगायत सांसद्हरू सहभागी थिए ।