Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


ओखलढुंगाको रातमाटे झरना ओझेलमा पर्दै


286
Shares

ओखलढुंगा । ओखलढुंगाको रातमाटे झरना ओझेलमा पर्दै गएको छ ।

चशिंखुगढी गाउँपालिका– ४ को मझुवामा रहेको १ सय ११ मिटर अग्लो झरना प्रचारप्रसारको अभावामा ओझेलमा परेको हो ।

पर्यटकीय सम्भावना भएपनि झरना क्षेत्रमा पर्यटकीय पूर्वाधार र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दे गएको स्थानीयको गुनासो छ ।

रातमाटे झरना देशकै प्रमुख झरनामध्येको एक हो । झरना क्षेत्रमा पर्यटकीय पूर्वाधार बिकास भएको छैन ।

झरना नजिकै सडक पुगे पनि यहाँ जानका लागि पुर्वाधार नबन्दा झरनासम्म पुग्न समस्या हुँदै आएको छ ।

रातमाटे झरनामा सुनझाँक्री बस्ने स्थानीयको विश्वास छ । मझुवाको पहाडबाट झरिरहेको झरनाले जो कोहीको पनि मन लोभ्याउँछ ।

सडकभन्दा ३ सय मिटरमाथि रहेको झरना क्षेत्रमा पुग्ने गोरेटो बाटो र अवलोकनस्थल समेत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

ओखलढुंगा सदरमुकामबाट सानीटार, डाँडागाउँ, नवलपुर हुँदै रातमाटे झरना क्षेत्रमा पुग्न सकिन्छ ।

दुई घण्टाको सवारी यात्रापछि पुगिने रातमाटे झरनाको पर्यटकीय पूर्वाधार बिकासमा स्थानीय सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।