काठमाडौं । नेपालस्थित पाकिस्तानी दुतावासले ‘कश्मीरमा भारतले अतिक्रमण’ गरेको विरोधमा आज ‘कश्मीर कालो दिवस’ को रुपमा स्मरण गरेको छ ।
दुतावासले काठमाडौंमा कश्मीर कालो दिवसको सम्झनामा “अवैध नियन्त्रणका परिणामहरू“ विषयक छलफल कार्यक्रम आयोजना गरेको थियो । ७६ वर्षअघि, २७ अक्टोबर १९४७ मा भारतले ‘गैरकानूनी हस्तक्षेप र अवैध रूपमा जम्मू कश्मीर कब्जा गरेर श्रीनगरमा सेना तैनाथ गरेको विरोध’मा पाकिस्तान र काश्मिरीहरूले यो दिनलाई ‘काश्मीर कालो दिवस’ रूपमा मनाउने गर्छन्। कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।
आफ्नो शन्देशमा, राष्ट्रपति आरिफ अल्वीले आत्मनिर्णयको अधिकारको लागि न्यायसंगत संघर्षमा काश्मिरीहरूको बलिदानको स्मरण गर्दै भारतद्वारा अवैध रूपमा कब्जा गरिएको जम्मू र कश्मीरमा भारतीय राज्य आतंकवाद, मानव अधिकार उल्लङ्घन र कश्मिरी जनतालाई आर्थिक, राजनीतिक र भूमि अधिकारबाट वञ्चित गर्न अवैध र एकपक्षीय कार्यहरू गरेको भन्दै विरोध समेत गर्नुभयो ।
त्यसैगरी प्रधानमन्त्री अनवर उल हकले कश्मिरी जनताहरुलाई पाकिस्तानको दृढ समर्थन रहेको बताउनुभयो । शन्देशमा प्रधानमन्त्री अनवरले संयुक्त राष्ट्र संघको बडापत्र र सान्दर्भिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव अनुसार कश्मिरी जनताको वैधानिक र अपरिहार्य आत्मनिर्णयको अधिकारको प्राप्ति नभएसम्म पाकिस्तानको ऐक्यबद्धता रहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री अनवरले भारतले गरेको सैन्य घेराबन्दी र सञ्चार नाकाबन्दी तुरुन्तै हटाउन माग गर्नुभएको छ साथै संयुक्त राष्ट्र सुरक्षा परिषदको असंख्य प्रस्तावहरूको उल्लङ्घन गर्दै आईआईओजेकेमा भारतको अवैध र एकपक्षीय कार्यहरू खारेज गर्न माग गर्नुभयो।
त्यसैगरी शन्देशमा पाकिस्तानका विदेश मन्त्री जलील अब्बास जिलानीले आफ्नो जम्मु कश्मीर विवाद अत्याधिक बाधाहरू विरुद्ध आशाको लडाई, डर विरुद्ध साहस, र अत्याचार विरुद्ध बलिदानको लडाई भएको उल्लेख गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई भारतलाई जवाफदेही बनाउन व्यावहारिक कदम चाल्न आग्रह पनि गर्नुभयो ।
सो कार्यक्रममा दूतावासका चार्ज डे अफेयर्स उमेर अलीले लामो समयदेखि चलिरहेको विवादको उत्पत्ति र कश्मीरका जनतालाई उनीहरूको आत्मअधिकारको बारेमाजारी गरिएका सुरक्षा परिषद्का प्रस्तावहरूको स्मरण गर्नुभयो कार्यक्रममा राजनीतिज्ञ, विश्लेषक र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्