Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


‘महासचिव गुटेरेसको भ्रमणलाई अवसरको रुपमा लिनुपर्छ’


65
Shares

काठमाडौं । विज्ञहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने सुनौलो अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले हिमाली र पर्वतीय क्षेत्रमा रहेका १ सय ३६ वटा राष्ट्रलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउन राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरको रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको हो ।

गुटेरेसको भ्रमणलाई अवसरको रुपमा लिई नेपाल र नेपालजस्तै जलवायु परिवर्तनको जोखिममा रहेका अन्य देशहरुको हितमा परिणत गर्न पनि उहाँले नेपाल सरकारलाई सुझाव दिनुभयो ।

जलवायुविज्ञ उप्रेतीले महासचिव गुटेरेसले नेपालको भ्रमण गर्नुलाई नेपालमा जलवायु परिवर्तनको असर छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै नेपालमा जलवायु परिवर्तनले पु¥याएको क्षति बापत ५० बिलियन अमेरिकी डलर बराबरको बजेट दिनुपर्ने बताउनु भयो ।

उहाँले भ्रमणले संयुक्त राष्ट्र संघमा बुझाएको योजनालाई प्राथमिकतामा साथ अघि बढाउन संयुक्त राष्ट्र संघलाई बल पु¥याएको पनि बताउनु भयो ।

जलवायु विज्ञ उप्रेतीले हानी नोक्शानी वित्तको बारेमा कसरी अघि बढ्ने भन्नेमा नेपालको स्पष्ट नीति नरहेको टिप्पणी पनि गर्नुभयो ।