Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित


2.5k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी बिहीबार पनि स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा बिहीबारका लागि तोकिएको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेको कारण लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको बताइएको छ ।

सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

Skip This