काठमाडौं । सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेकाहरुमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव र लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कासहित ७ जना रहेका छन् ।
विषालु सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि स्थापना भएको केन्द्रमा उनीहरुले मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दा समेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले छानविन गरेको थियो ।
प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम उत्पादन गर्ने भन्दै लालबन्दी नगरपालिकासँग सहकार्य गरेको थियो । अख्तियारले उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र कैद तथा जरिवाना गर्न पनि माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्