
काठमाडौं । चीनको ह्याङचाउमा जारी १९ औं एसियन गेम्सको कराँतेमा नेपालले खराब सुरुवात गरेको छ ।
कराँतेतर्फको पहिलो दिन आज प्रतिस्पर्धा गरेका नेपालका सबै तिनजना खेलाडी पहिलो खेलमै पराजित भए । पुरुष व्यक्तिगत कातामा नेपालका सोनिम मानन्धर पहिलो राउन्डमै पराजित भए । महिला व्यक्तिगत कातामा एलिसा रास्कोटी मगर पनि पहिलो चरणमै परासजित भइन् ।
कुमुतेतर्फ ७५ केजी तौल समूहमा नेपालका मोहमद अलाम अन्तिम १६ चरणको खेलमा काजकिस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पराजित भएका खेलाडीहरुलाई कास्य पदकको लागि मौका दिइने रिपाचेमा उनी कीर्गिस्तानका खेलाडीसँग १–० ले हारे । कराँतेतर्फका खेलहरु पर्सिसम्म चल्नेछन् । एसियन गेम्सको कराँतेमा नेपालका आठ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन
प्रतिक्रिया दिनुहोस्