१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023


बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि हुने


182
Shares

काठमाडौं । बिबि गोर्खाजको आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि सुरु हुने भएको छ ।

शुक्रबार आयोजक बिबि गोर्खाजले पत्रकार सम्मेलनमार्फत काठमाडौंको नैकापमा हुने प्रतियोगिता असोज २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

प्रतियोगितामा २० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले बिबि एयरवेजको काठमाडौं-मलेसिया टु वे टिकट पाउने आयोजकले बताएको छ ।

बिबि एयरवेज हाल बन्द रहेपनि आगामी महिनामा सञ्चालनमा आउने र त्यसबाट नै प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले एयरवेजको टु वे टिकट पाउने सुन्दर थापा क्षेत्रीले बताए । प्रतियोगिताका लागि कूल १३ लाख बजेट छुट्याएको क्षेत्रीले बताए । प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ ।