Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सिन्धुलीमा भ्यान दुर्घटना हुँदा आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका १० जना शिक्षक घाईते


3.1k
Shares

सिन्धुली । सिन्धुलीबाट काठमाडौं आउँदै गरेको भ्यान सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षकहरु चढेको भ्यान दूर्घटना भएको हो । घाइतेहरु सबैलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते हुनेहरु धेरैजसो सिन्धुलीको कमलामाई नगरपालिकाका रहेका छन् ।

कमलामाई नगरपालिकाका नीरकुमार चालिसे, कमला घिमिरे, सरोज थापा, मुकुन्द थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल, तीनपाटन गाउँपालिका–१० का राजन कार्की, काभ्रे बनेपा–१० की गार्की बस्नेत घाइते भएको सिन्धुली प्रहरीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताउनु भयो ।