Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठककाे आह्वान

बैठकको मुख्य एजेण्डा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन

299
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बुधबारका लागि बोलाउनुभएकाे छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। उहाँले सभापति लामिछानेले शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक आह्वान गरेकाे जानकारी दिनुभएकाे छ ।

प्रवक्ता खरेलले बैठकको मुख्य एजेण्डा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन)  रहेको बताउनुभयाे ।