Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


स्याङ्जामा स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द


7.4k
Shares

स्याङ्जा । स्याङ्जामा स्क्रब टाईफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका–६, दरौ स्थित दरौ माध्यामिक विद्यालयमा स्क्रब टाईफस रोग देखिएपछि विद्यालय बन्द गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीमा स्क्रब टाईफस देखिएपछि दुई दिन विद्यालय बन्द गर्नुपरेको विद्यालयका शिक्षक दुर्गा बहादुर रोकाले बताउनुभयो ।“पठनपाठन भइरहेको समयमा विद्यार्थीमा एक्कासी उच्च ज्वरो आउने, सास र्फेर्न गाहृो हुने, टाउको दुख्ने र वान्ता हुने लक्षण देखियो ” रोकाले भन्नुभयो । विद्यालयमा जटिल समस्या नआओस् र थप विद्यार्थीसंक्रमणबाट बच्न सकुन् भनेर विद्यालय बन्द गरिएको शिक्षक रोकाले बताउनुभयो ।

लक्षण देखिएका विद्यार्थीलाई उपचार गर्नेक्रममा जिल्ला अस्पताल स्याङ्जा र दरौँ स्वास्थ्य चौकीमा परीक्षण गर्दा स्क्रब टाईफस भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका परिवार योजना अधिकृत डाक्टर मित्र अर्यालले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा २७ जनाको स्वास्थ्य परीक्षण गर्दा ७ जना र दरौँ स्वास्थ्य चौकीमा १५ जनाको परीक्षण गर्नेक्रममा १ जनामा स्क्रब टाईफस देखिएको थियो । बिद्यालयमा अध्यनरत कक्षा ६ देखि ११ सम्मका विद्यार्थी र ४ जना शिक्षकमा लक्षण देखिएको र साना कक्षाका विद्यार्थीलाई भने नदेखिएको शिक्षक रोकाले जानकारी दिनुभयो ।

अर्जुन चौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर केसीका अनुसार मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग माइट (वन जंगल वा माटो मुनी पाइने किरा जस्तै जीव),मा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्ने उहाँले बताउनुभयो । माइट प्रायः जसो झाँडी, खेतबारी, वनजगंल, घर वरपरको झाँडी तथा फोहोर हुने ठाँउमा देखिने गर्छ । यो रोगको लक्षण देखिएपछि सरसफाईको अभियानलाई तीब्र बनाउने र जनचेतनामुक कार्यक्रम संचालन गरिएको केसीले पनि जानकारी दिनुभयो ।