काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत जाँदैहुनुहुन्छ ।
इण्डो–प्यासिफिक कमाण्डको १३औं सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारतको राजधानी नयाँदिल्ली जान लाग्नु भएको हो ।
प्रधानसेनापति शर्माको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी बसन्तबहादुर गौतम र प्रमुख सुवेदार रत्नबहादुर थापा सहभागी हुनेछन् । इण्डो–प्यासिफिक सम्मेलन सोमबारदेखि सुरु हुदैछ । तीन दिने सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत देशका सैन्य प्रतिनिधिहरू सहभागी हुने छन् ।
प्रधानसेनापति नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ ।









प्रतिक्रिया दिनुहोस्