Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


डेंगुबाट इलाममा एक बालिकाको मृत्यु


3.5k
Shares

काठमाडौं । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

इलामको रोङ गाउँपालिका–३ का ददिराम राईकी चार वर्षीया छोरी स्निहान राईको डेंगु सङक्रमणबाट बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत भाद्र ३० गते बिरामी भएकी बालिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।