Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


‘आचार्य बन्धु समाज नेपाल’को सिन्धुली भेला सम्पन्न


208
Shares

सिन्धुली । ‘आचार्य बन्धु समाज नेपाल’को प्रथम सिन्धुली जिल्ला भेला सम्पन्न भएको छ ।

समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा आचार्य बन्धु समाज नेपालका विदेश समन्वय संयोजक डा. सुरेश आचार्य, वागमती प्रदेश सदस्य राम प्रसाद आचार्य , काठमाडौं जिल्ला अध्यक्ष रामजी आचार्य र सिन्धुली तदर्थ समिति अध्यक्ष मिठाराम आचार्य लगायतको भेलामा उपस्थिति रहेको थियो । त्यसैगरी भेलामा सिन्धुलीका ९ वटै स्थानीय तहका आचार्य बन्धुहरुको उपस्थिति थियो ।

कौडिन्य गोत्रीय आचार्यहरुको भेलाले सो भेलाले मिठाराम आचार्यको अध्यक्षतामा पहिलो कार्यसमिति सर्बसममत् रुपमा निर्बाचित गरेको छ । कार्यसमितिमा कूलमणि आचार्य उपाध्यक्ष रहेका छन् । यस्तै कार्यसमितिको सचिवमा प्रेमकुमार आचार्य, सहसचिवमा पवन आचार्य, कोषाध्यक्षमा सरला आचार्य, सदस्यहरुमा लोकहरि आचार्य, चन्द्रप्रसाद आचार्य, डम्बर आचार्य, नरहरि आचार्य लगायत भेलाबाट सर्वसम्मत चयन भएका छन् ।

यसैगरी जिल्ला समितिको सल्लाहकार सभामा प्रा.वासुदेव आचार्य, तुलसी आचार्य, मधुसुदन आचार्य र शरद आचार्य रहेका छन् । सोही भेलाले मणिराम आचार्यको सभापतित्व र हेमा आचार्यको उपसभापति रहेको सुनकोशी गाउँपालिका समिति समेत बनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथी बाबुराम आचार्यले ७७ वटै जिल्ला, सात प्रदेश, बिश्वका १९० भन्दा बढी मुलुक, आचार्यहरुको उपस्थिति भएका ७५३ वटै स्थानीय तह र आवश्यक परे वडामासमेत आचार्य बन्धु समाज बिस्तार गर्ने कार्यक्रम रहेको जानकारी थिए । उनले आचार्य समाज राजनीति गर्ने तथा आय बढाउने थलो नभई देशमा समाजिक सेवाका लागि कार्य गर्ने फोरम हुने बताए ।

आचार्य बन्धु समाज नेपाल बिदेश बिभाग संयोजक तथा पत्रकार महासंघका पुर्व सभापति डा शुरेस आचार्यले आचार्य समाजको आवश्यक्ताको औचित्य पछिल्ला दिनहरुमा पुष्टी हुंदै गएको र बिश्वभर बस्ने कौडिन्य गोत्रीय आचार्यहरु एक ढिक्का हुनुपर्ने आवश्यक्ता बढेको बताए ।