२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


गणेश चौथी पनि आजै


5.187k
Shares

काठमाडौं । गणेश चतुर्थी पर्व पनि आजै परेको छ ।

भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको विश्वास गरिन्छ ।

सामान्यतः तीजको भोलिपल्टको चतुर्थीलाई गणेश चतुर्थी भन्ने गरिए पनि यो पर्व चुतर्थीको ब्रत समेत आजै परेको हो । यस अवसरमा भगवान गणेशको पूजा आराधना गर्ने गरिन्छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेश मन्दिरमा विशेष पूजा हुने गर्दछ ।

गणेशलाई लड्ड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् । काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । नेवार समुदायले भने आज चथा पर्व मनाउने गर्दछन् । आज साँझ चन्द्रमालाई पूजा गरेर यो पर्व मनाउने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गर्ने चलन छ । कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।