Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


डोल्पामा हराईरहेका नेपाली सेनाका गुल्मपति पण्डित मृत फेला


10.5k
Shares

काठमाडौं । दुई सातादेखि हराईरहेका डोल्पास्थित नेपाली सेनाका गुल्मपति मेजर बिमल पण्डित मृत अवस्थामा फेला परेका छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव फेला परेको हो । भेरीमा माछा मार्न गएकाहरुले खोलाको चेपमा शव देखेपछि प्रहरीलाई खबर गरेको र त्यसपछि गएको प्रहरी र नेपाली सेनाको टोलीले खोलाको चेपबाट शव निकालेर सदरमुकाम ल्याएको थियो ।

सदरमुकाममा रहेका पण्डितका बुवाले नै हातको औंठी र घडीबाट शव आफ्नो छोराको भएको पहिचान गरेको डोल्पा प्रहरीले जनाएको छ । डोल्पाको दूनैस्थित नन्दबक्स गणका गुल्मपति पण्डित भदौ १० गतेदेखि वेपत्ता थिए । ब्यारेकबाट जीप भाडामा लिएर त्रिपुराकोट गएका उनको शव फेला परेको हो । त्रिपुराकोट पुगेपछि मोबाइल अफ गरेर उनी सम्पर्कविहिन भएका थिए ।