
धनकुटा । धनकुटा नगरपालिकाले शहरी उत्थानका लागि मार्गचित्र निमार्ण सुरु गरेको छ ।
नगरपालिकाले नगरपालिकाको जोखिम क्षेत्र र जोखिम प्रवृति पहिचान, नगरको प्राथमिकतामा रहेका शहरी विकास क्षेत्रको वर्तमान जोखिम र प्रवृति सम्बन्धको विश्लेषण गर्ने गरी मार्गचित्र निर्माण गरिने जनाएको छ ।
नगरपालिकाको प्राथमिकतामा रहेको नगरको शहरी विकास क्षेत्रको उत्थान कार्यक्रम कार्यान्वयनका लागि स्रोत परिचालन सहितको कार्ययोजना तर्जुमा गर्ने कार्य भइरहेको नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्