Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


ओखलढुंगाका सुनकोशी गाउँपालिकाकाे ओख्रेमा आगलागी


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ ओख्रेमाआगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय नारायण तामाङको दुईतले घरमा गएराति आगलागी भएको हो । ​ढुङ्गा, माटो र खरको छानो भएको घरमा आगलागी भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट तामाङको घर पूर्ण रूपमा नष्ट भएको छ । घरभित्र रहेको नगद रु ५५ हजार, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर तथा कागजात जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आ”गलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

Skip This