१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023


एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपालको प्रतिद्वन्दी परिर्वतन


45.383k
Shares

काठमाडौं । एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ ।

बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो । प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ । नयाँ खेलतालिकामा नेपाल समूह ए मा रहेको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो । समूह बी मा कम्बोडिया,जापान र हङकङ रहेका छन् ।
समूह सी मा मलेसिया,सिंगापुर र थाईल्यान्ड रहेका छन् ।

यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले असोज १० गते मंगोलिया र १४ गते माल्दिभ्सविरुद्ध खेल्नेछ । समूह चरणमा शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा स्थान बनाउने छन् । भारत,पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रतियोगिता अन्र्तगत असोज १६ र १७ गते क्वाटरफाइनल,१९ गते सेमिफाइनल र असोज २० गते फाइनल खेल हुने तालिका छ ।