Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


मलङ्गवामा सर्वपक्षिय र्‍याली


1.2k
Shares

सर्लाही । शुक्रबार साँझदेखि अशान्त रहेको सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार अपरान्ह सर्वदलिय सद्भाव र्‍याली निकालिएको छ ।

दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले सबैलाई सम्यमता अपनाउन आग्रह गर्दै सर्वदलिय सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवा, विभिन्न समुदायका अगुवालगायतको उपस्थितिमा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि मलङ्गवाको मुख्य बजार क्षेत्रमा सर्वपक्षिय सद्भाव र्‍याली निकालिएको हो ।