Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


‘लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैंगिक असमानता कम गर्न सकिन्छ’


130
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैंगिक असमानता कम गर्न सकिने बताउनुभएको छ ।

पर्यटन बोर्डले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विशेष गरी पर्यटन क्षेत्रका कामदारमा देखिएको लैंगिक असमानता काम गर्न लक्षित वर्ग केन्द्रित सीप विकास आवश्यक रहेको बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रमा कयौ अवसरहरु रहेको र ती अवसरमा सबै वर्ग र समुदायको समान पहुँच पुर्‍याउनका लागि कार्यक्रमहरु लक्षित वर्ग केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख निर्देशक धनञ्जय रेग्मीले सकारात्मक कोणबाट समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले एउटै फोटोले नेपालको पर्यटनबारे धेरै सन्देश दिनसक्ने भन्दै उहाँले सकारात्मक सन्देश जाने समाचार सामग्री उत्पादन र प्रकाशनमा जोड दिनुपर्ने बताउनुभयो ।

पर्यटन बोर्डले युएनडिपीको सहयोगमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत विभिन्न वर्ग र समुदायको साथै फोटो पत्रकारहरुका लागि तालिम सञ्चालन गरेको थियो ।