Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


दोलखामा पहिरोले चार घर पुरिए


676
Shares

काठमाडौं । दोलखामा पहिरोले चार वटा घर बगाएको छ ।

शनिबार राति परेको वर्षापछि आएको पहिरोले दोलखाको विगु गाउँपालिका– ३ मा ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बरप्रसाद ओलीको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरो आएपछि स्थानीयले भागेर ज्यान जोगाउन सफल भए भने चौपाया तथा धानखेत पुरिएको छ ।