Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


राष्ट्रिय मानव अधिकार आयोगद्वारा धरानमा सामाजिक सद्भाव कायम राख्न आग्रह


182
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।

वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आयोगले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले शनिबार र्‍याली निकाल्ने तयारी गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्नेभन्दै आयोगले आफ्नो टोलीले अनुगमन गरिरहेको पनि जनाएको छ ।