१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024


दुई सय बढी बंगलादेशी पर्यटक नेपालमा


6.695k
Shares

काठमाडौं । दुई सय बढी बंगलादेशी पर्यटक चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् ।

शुक्रबार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।

बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए ।

बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बंगलादेशबाट करिव सात सय पर्यटक नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढीरहेको बताउनुभयो ।

बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको बताउनुभयो ।

पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।