२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


बेनी–दरबाङ सडक अवरुद्ध


169
Shares

म्याग्दी । शुक्रबार रातीदेखि लगातार परेको वर्षाले बेनी–दरबाङ सडकको तीन ठाउँमा पहिरो गएपछि आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भीर र दरबाङ नजिकैको बाङ्गेभीरमा पहिरो गएकोले सडक अवरुद्ध भएको हो ।

पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । म्याग्दीको ‘लाइफलाइन’ का रुपमा रहेको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुनेहुँदा पश्चिम म्याग्दीका वासिन्दाले सास्ती खेप्दै आएको तातोपानीका व्यवसायी हितबहादुर पुनले बताउनुभयो ।

यसैगरि पश्चिम म्याग्दीका ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् । शनिबारदेखि लगातार पानी परिरहेकोले पश्चिम म्याग्दीको दरवाङ–बिम सडकबाहेक अन्य सडकहरु पनि अवरुद्ध भएका हुन् ।