१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


आँपको बगैंचाबाट भरुवा बन्दुकसहित एकजना पक्राउ


0
Shares

लहान, असार ५ । हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् ।

सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । (रासस)