Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


९२ दिनमा १४ हिमाल आरोहण : क्रिस्टिन र तेन्जेनको कीर्तिमान


455
Shares

काठमाडौं । नर्वेका क्रिस्टिन हारिला र नेपालका तेन्जेन शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। हारिला र शेर्पाले केटु हिमालको चुचुरोमा पाइला राखेसँगै ८ हजार मिटरमाथिका १४ वटा हिमाल सबैभन्दा कम समयमा अरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।

सेभेन समिट ट्रेकबाट आरोहण गरेका उनीहरूले १४ वटा हिमालको आरोहण ३ महिना २ दिन अर्थात् ९२ दिनमा पूरा गरेका हुन्। सन् २०२३ को अप्रिल २६ बाट आरोहण सुरु गरेको उनीहरूले २७ जुलाईसम्म लगातर आरोहण गरेको सेभेन समिट ट्रेकका महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए।

हारिलाले यसअघि नै १४ वटा हिमाल अरोहण गरिसक्ने बताएका थिए। समिट ट्रेकका महाप्रबन्धक गुरागाईंले भने, ‘सिसा पाङ्मा र चोयुको अनुमति नपाएर मात्र हो, नत्र उनले योभन्दा पहिले नै १४ वटा हिमाल चढिसकेका हुन्थे।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।