काठमाडौं, भदौ २२ । मुलुकमा महिला हिंसाका घटना बढदै गइरहेकोप्रति विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले महिलाहरु परिवारका सदस्यहरुबाटै असुरक्षित रहेको गुनासो गरे ।
महिला हिंसा, बलात्कारजस्ता घटना दिन–प्रतिदिन बढिरहेको भन्दै कार्यक्रमका सहभागी महिलाहरु कालो पहिरनामा उपस्थित थिए ।
कार्यक्रम वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले समाजमा महिला हिंसाका घटनाहरु बढ्दै जानु दुःखद् भएको बताए ।
त्यस्तै, पत्रकार बबिता बस्नेतले महिलाहरु आफ्नो घर–परिवारबाट नै सुरक्षित नभएकाले छोरीहरुलाई कसरी जोगाउने भन्ने चिन्ता बढेको बताइन् ।
महिला हिंसा घटाउन महिलाहरु नै जागरुक हुनुपर्नेमा कार्यक्रममा सहभागीहरुको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्