काठमाडौं, भदौ २२ । हरितालिका तीजको पूर्वसन्ध्यामा माइती नेपालले हरेक वर्षझैं यो वर्ष पनि दर खाने कार्यक्रम आयोजना गर्यो ।
शुक्रबार विभिन्न संघ–संस्थाका महिला प्रतिनिधिहरु, चलचित्र कलाकारहरु तथा विभिन्न क्षेत्रमा आवद्ध दिदी–बहिनीहरु सहभागी कार्यक्रममा माइती नेपालमा रहेका दिदी–बहिनीहरुले नाचगान प्रस्तुत् गरेका थिए ।
माइती नेपालमा रहेका दिदी–बहिनीहरुलाई हौसला प्रदान गर्नका लागि विभिन्न क्षेत्रका कलाकारहरु डाकेर तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्