१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रधानन्यायाधीशका लागि सिफारिस ओमप्रकाश मिश्रको सुनुवाई सोमबार


0
Shares

काठमाडौं, भदौ २२ । संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशका लागि सिफारिस ओमप्रकाश मिश्रको सुनुवाई सोमबार गर्ने भएको छ ।

समितिको आज बसेको बैठकले आइतबार उजुरीकर्तासँग छलफल गर्ने र सोमबार प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

यसअघि संवैधानिक परिषदद्वारा सिफारिस गरिएका दिपकराज जोशीलाई सुनुवाइका क्रममा संसदीय समितिले अस्वीकृत गरेको थियो ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा संवैधानिक परिषदद्वारा सिफारिस नविनकुमार घिमिरेका बारेमा उजुरी दिन १० दिनको समय तय गर्ने निर्णय पनि गरेको समितिकी सदस्य पुष्पा भुषालले जानकारी दिइन् ।