
पाँचथर, भदौ २२ । पाँचथरको फिदिम नगरपालिकाले नगरपालिकाभित्रका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने घोषणा गरेको छ ।
नगरपालिकाले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा भन्ने नाराका साथ सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने घोषणा गरेको हो ।
नगरपालिका प्रमुख ओनाहाङ नेम्वाङले बालबालिकालाई विद्यालय भर्नामात्रै गर्ने नभएर यसलाई टिकाईराख्न नगरले विशेष अभियान र कार्यक्रम सञ्चालन गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राज्यले शिक्षा क्षेत्रमा करोडौं रुपैयाँ लगानी गरेर पनि अपेक्षित उपलब्धि हुन नसकेको भन्दै यसका लागि सम्वन्धित सरोकारवाला नै सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युगमणि सवेहाङले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस्