काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जातिय विभेदकाविरुद्ध खबरदारी गरेको छ ।
बुधबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टी र पार्टी निकट संगठनहरुले खबरदारी गरेका हुन् ।
उनीहरुले जुम्लामा अन्तरजातिय विवाह गरेको बिरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातिय विभेदका विरुद्ध खबरदारी गरेको छ ।
उनीहरुले पीडितको घरमा राति आगो लगाएर मान्छे मार्ने योजनाअनुसार घरमा आगो लगाइएको भन्दै यस्ता घटनामा दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताए । त्यस्तै, उनीहरुले यस्ता घटनामा दलितहरु मुक्तिका लागि लड्नुपर्ने बताए । उनीहरुले सरकारले अमानवीय घटना हुँदा समेत बेवास्ता गरिरहेको आरोप लगाए ।
उनीहरुले यो आन्दोलन शुरुवातको बिन्दु मात्रै भएकाले सरकारले बेवास्ता गरे झनै आन्दोलनका गतिविधि अघि बढाउने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्