१६ फाल्गुन २०८०, बुधबार | Thu Feb 29 2024


ब्राउनसुगर र चरेससहित वृद्धा पक्राउ


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ २१ । कैलालीको लम्कीचुहा नगरपालिकाबाट ब्राउनसुगर र चरेससहित प्रहरीले बिहीबार दिउँसो एकजना वृद्धालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर–१, लम्कीमा ठेला व्यवसाय गर्दै आएकी ६८ वर्षीया जनादेवी शाही रहेकी छन् ।

शाहीको साथबाट १९ पोका ब्राउनसुगर र ३०० ग्राम चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

उनकाअनुसार शाहीले विगत लामो समयदेखि ठेला व्यवसायका नाममा लागुऔषधको कारोबार गर्ने गरेको खुलेको छ ।

पक्राउ परेकी शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । उनलाई लागुऔषध ऐनअन्तर्गत् मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।