Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन


208
Shares

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको टोलीले हाकुफाहिटी, भार्बाचो र वंशगोपालमा रहेका मासु पसलहरूको अनुगमन गरी यस्तो निर्देशन दिएको हो।

अनुगमनका क्रममा टोलीले मासु पसलहरूमा कुखुरा बध गर्ने स्थान फोहर देखिएकाले सरसफाइमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, मासु काट्ने भाँडावर्तन सफा राख्न, ढक तराजु नवीकरण गर्न, फ्रिजमा काँचो र पाकेजिङ सामान छुट्टाछुट्टै राखी व्यवस्थित गर्न, मासु खुला नराखी बाकस बनाई झिँगा भन्किन र धुलो पर्नबाट जोगाउन, भित्तामा सफा कार्पेट वा टायल राख्न निर्देशन दिइएको अनुगमनमा सहभागी वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।