Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गुर्जा खानेपानी आयोजना समयअघि नै सम्पन्न


143
Shares

काठमाडौं । म्याग्दीको दुर्गम तथा विकट बस्ती धवलागिरी गाउँपालिका–१ गुर्जामा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना लक्ष्यभन्दा अघिनै सम्पन्न भएको छ ।

गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो ।

निर्माण व्यवसायीको इच्छाशक्ति र सरोकारवालाको प्रभावकारी समन्वय भएमा विकास आयोजना लक्षभन्दा अगाडि सम्पन्न गर्न सकिने उदाहरण गुर्जा खानेपानी आयोजनाले दिएको स्थानीयले बताएका छन् ।

धवलागिरी गाउँपालिका र बेनीको बि एण्ड डी निर्माण सेवाबीच २०७९ चैत १४ गते भएको ठेक्का सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।

गुर्जाका करिब २ सय ५० घरधुरीलाई निजी धारा मार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाले आयोजना सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।